Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘यौन व्यवसायलाई अपराधिकरण गरिनु मानव अधिकार हनन् हो’

News and Updates
5 दिन अघि

नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । चाहेरपनि अन्य आयमूलक व्यवसाय वा रोजगार गर्ने वातावरण छैन् । अझ सिमान्तकृत वर्ग, महिला, ट्रान्सजेन्डर समूदाय जो यौन श्रमिकको रुपमा काम गरिरहेका छन् उनीहरुका पक्षमा कुनै सहजीकरण भएको छैन् । यसका लागि राज्यले विशेष व्यवस्थापन गर्नपर्छ ।
सुनिता लामा
संस्थापक– मायाको संसार
काठमाडौं । यौन श्रमिकहरुको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने अधिकार रहेको बताएकी छिन् ।

उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरुको आवाजलाई सम्मान गनुपर्ने उनको धारणा छ ।

‘नेपाल सरकारको तथ्याङमा यौन श्रमिक महिलाहरु ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्दैन । कुरा सही हो ।
नेपालको कानुनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वइच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रुपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उनले भनिन् ।

उनले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्वन गरेको भन्दै यौन श्रमिकहरुको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताइन् । यौन श्रमिकहरुका पक्षमा अन्य धेरै संस्थाहरु क्रियाशील रहेकाले उनीहरुसँगै मायाको संसारले पनि सहकार्य गरिरहेको उनले जानकारी दिइन् ।

‘नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ । नेपालमा चाहेरपनि अन्य आयमूलक व्यवसाय वा रोजगार गर्ने वातावरण छैन् । अझ सिमान्तकृत वर्ग, महिला, ट्रान्सजेन्डर समूदाय जो यौन श्रमिकको रुपमा काम गरिरहेका छन् उनीहरुका पक्षमा कुनै सहजीकरण भएको छैन् । नेपालमा एकलाख भन्दा धेरै यौन श्रमिक छन् । माननीयज्यूहरुले सदनमा उठाएको विषय पनि गलत होइन । नेपालमा मनोरञ्जन भनेको रोधिघर, डान्सबार, क्लव मात्र होइन, यौन श्रमिकको रुपमा काम गरिरहेका व्यक्तिहरुसँग सहमतिमा जाने पनि मनोरञ्जनमै लिइन्छ । सोही विषयमा नेपालमा पनि कानूनी बनाउनुपर्छ भन्ने कुरा गलत होइन्,’ उनले अगाडि भनिन् ।

नेपालका कतिपय पर्यटकीय स्थलहरु यस्ता छन् जहाँ रात्रीकालिन मनोरन्जन लिनेहरुको संख्या धेरै हुनेभएकाले सो किसिमको व्यवसाय निर्वाद रुपमा गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘विदेशबाट आउनेहरुले मनोरञ्जन लिने गर्छन । नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । यसमा स्वइच्छाले काम गर्न पाउनुपर्छ । त्यसको लागि नेपालमा नीति बनाइनुपर्छ । यसलाई नीतिगत रुपमा काम गर्न पाउनुपर्छ । यौन श्रमिकको रुपमा काम गरिरहदा हिंसा पनि भोगिरहेका छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन् । यसमा मान्छे विकृति देख्छ समस्या देख्छ तर समाधानको बाटो देख्दैन् । यसलाई ठुलो समस्या बनाउनु व्यवस्थित गर्नैपर्छ,’ उनले भनिन् ।

नेपालमा यौन व्यवसाय छ भन्ने कुरा सबैलाई जानकार भएको विषय भएकाले विश्वमा भएका अभ्यासहरु नेपालमा पालना गरिनुपर्ने उनको भनाइछ ।

‘नेपालमा यो विषयमा अनविज्ञ छैन । त्यसका लागि रेडलाइट क्षेत्र तोक्ने काम गर्दा केही विग्रिदैन् । थाइल्यान्डमा यस्तो यवस्था छ । नेपालमा यौन श्रमिक छन् यो कुरामा सरकार पनि जानकार छ तर त्यसको लागि कानून बाझिने खालको छ । कानूनमा वेश्यागमन गर्न पाइदैन, वेश्यावृति गर्न पाइदैन । वेश्यागमन गरेको खण्डमा र वेश्यावृति गरेको खण्डमा कानूनले सजाय दिन्छ । जबरजस्ती यो पेसामा लगाउन पाइँदैन त्यसैले यस विषयलाई मानव बेचविखनसँग जोडिएको छ,’ उनले अगाडि भनिन्,‘तर हरेक नागरिकले आफ्नो पेसा छान्न पाउनुपर्छ । पेसा छान्ने सबैको अधिकार हो । कसैलाई करकाप गर्यो भने कानून अनुसार सजाय भोग्नुपर्छ । यसलाई अपराधीकरण होइन निरअपराधीकरण हुनुपर्छ ।’

विभिन्न संघसस्थाहरुले यस विषयलाई बलियो मुद्दाका रुपमा उठाइरहेको जनाउँदै लामाले संसदमा उठाइएको विषयलाई हंगामा गर्नुपर्ने आवश्यक्ता नभएको उनको बुझाइ छ ।

‘यस विषयमा हामीले पनि आवाज उठाएका छौ । सदनमा यौन व्यवसायको कुरा उठाउदा हंग्गामा नै मच्चियो । उहाँको परिवारलाई लिएर जुन शब्दावली प्रयोग भयो त्यसमा दुख पनि लाग्यो । अव आउने दिनहरुमा माननीयहरुले यस विषयमा सहजीकरण गरिदिनुहोला । नेपालमा एक लाखको संख्यामा यौन व्यवसायीहरु छन् । यस विषयमा अनुसन्धान, अध्ययन गर्न जरुरी छ । लैङगिक नीति बनाउन पनि आवश्यक छ,’ उनले भनिन् ।

सिमान्तकृत समुदाय, अशिक्षित, गरिब व्यक्तिहरु यौन श्रममा लागेकाले जुनसुकै पेशा व्यवसाय गर्न राज्यले अवरोध गर्न नहुने उनको सुझाव छ । यौन व्यवसायलाई व्यवस्थित गर्नेगरी निर्माण गर्न सकियो भने राज्यलाई करमार्फत आर्थिक आम्दानी हुने भएकाले चाँडै व्यवस्थित गर्नुपर्ने लामाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया