Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

News and Updates
5 दिन अघि

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् ।

विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।

प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन् । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया