Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काठमाडौंका केही क्षेत्रमा कफर्यु

News and Updates
4 दिन अघि

काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कफर्यु लगाइएको छ । प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो ।

तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो ।

राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षती पुर्याएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया