४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले डाँके विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

१७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । मंगलबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि परिषद् अध्यक्ष रहेका प्रधामनन्त्री दहालले बैठक बोलाएका छन् ।

विहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने बैठकमा भूकम्प पीडित तथा प्भावितकहरुको लागि रहात र पुनर्स्थापना र संरचना पुनर्निर्माणका बारेमा छलफल हुनेछ ।

प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले बैठकमा सबै मन्त्रीहरु पनि सहभागी हुने बताए । ‘बझाङको भूकम्पले पुर्‍याएको क्षति, पीडितहरु अवस्था र राहतसहित कार्यायोजनाबारे बैठक केन्द्रित हुने छ,’ उनले भने ।

परिषद्मा प्रतिनिधिसभाको प्रमुख विपक्षी दलका नेता समेत सदस्य रहने व्यवस्था छ भने सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति लगायत सदस्य छन् ।

ऐनमा वर्षको दुई पटक प्रधानमन्त्रीले लक्षम बैठक बोलाउनुपर्ने व्यवस्था छ । विपद व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति र योजना स्वीकृत गर्न, विपद व्यवस्थापन प्राधिकरणलाई आवश्यक निर्देशन दिन, प्रदशे र स्थानीय तहलाई विपद् व्यवस्थापनबारे नीतिगत मार्गदर्शन गर्न, आर्थिक स्रोत व्यवस्थापनबारे निर्देशनहरु दिन र विपद व्यवस्थापनको कामको मूल्यांकन गर्न परिषद् बैठक बस्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्