Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

२४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास

News and Updates
1 हप्ता अघि

काठमाडौं । २४४ वर्ष पुरानो मठा फल्चा पुनःनिर्माणको लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिका वडा – ८ ग्वल क्षेत्रमा रहेको ऐतिहासिक फल्चाको पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा – ८ का वडाअध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन् ।

शिलान्यास पछि बोल्दै उनले, २४४ वर्ष पुरानो प्रचलित नाम मठा फल्चाको पुनःनिर्माणको लागि आज शिलान्यास गरिएको बताए । उनले, १९९० सालको भुकम्पबाट क्षतिग्रस्त स्थानको स्थानीयहरूले संरक्षण गर्दै आईरहेको र जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि अनुचित समयानुकूल शिलान्यास गरिएको बताए ।

‘मठा फल्चाको पुरान नाम नरहेको र ऐतिहासिक फल्चा जीर्ण अवस्थामा रहेकाले कामपा – ८ ले विधिवत् रूपमा अगाडि बढाउन लागेको र यसको शिलापत्रमात्र भेटिएको छ । यसलाई अब काठमाडौँ महानगरपालिका वडा ८ ले एक तल्लाको परम्परागत शैलीमा पुनः निर्माण गर्न लागेको हो ।’

करिब २० लाख हाराहारी बजेटमा पुनः निर्माण हुन लागेको फल्चामा चुनासुर्कि, काठ, दाचिँ ईट्टा र माओपाको प्रयोग हुने वडाअध्यक्ष संगतले बताए । उनले, यो फल्चा अगाडि एउटा मठ रहेको र त्यहाँ विभिन्न पुजाहरू हुने र बाटोमा रहेको ढुंगा जसलाई भैरवका रूपमा पुजा गर्ने परम्परा रहेको र फल्चामा आगन्तुकहरूले विश्राम गर्ने स्थल रहेको बताए ।

कामपा – ८ मा विभिन्न फल्चा, इनार कुवाँ डवली लगायतका ऐतिहासिक समपदाहरूको पुनःनिर्माण हुदैछ । कार्यक्रममा स्थानीय सहित वडासदस्यहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया