News and Updates

रौतहट । बारा प्रहरीले लागूऔषध खैरो ब्राउन सुगर सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कलैयाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १५८ ग्राम ९१० मिलि ग्राम खैरो ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले फेटा गाँउपालिका वडा नं.३ चौतारा स्थितमा घोडासाहनबाट फेटा तर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गर्दा लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार तेलको ट्याङ्की भित्र पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको अवस्थामा बरामद गरीएको छ । प्रहरीले ट्याक्टर चालक देश भारत शिवनगर इनर्वा पञ्चायत पुर्वी चम्पारण वडा नं. २ बस्ने बर्ष ३० को टुटु कुमार र सोहि स्थानका बर्ष ३२ को टुटु अंसारीलाई पक्राउ गरेको उनले जानकारी दिए ।
ट्याक्टर सहित दुई जना भारतीय नागरिक समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया