Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बीरगन्जमा लगाएको कफ्र्यु अवधि थप, रात्रि बजार बन्द

News and Updates
3 दिन अघि

रौतहट । पर्सा प्रशासनले बीरगन्जमा लगाएको कफ्र्यु अवधि थप गरेको छ । स्थानीय प्रशासनले एक सूचना जारी गरि आइतवार राती १२ बजे सम्मका लागि कफ्र्यु अवधि थप गरेको उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कफ्र्यु मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेअनुसार कफ्र्यु अवधि थप गरेको प्रशासकिय अधिकृत दीपक पटेलले जानकारी दिए ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कफ्र्यु नहटाउने निर्णय गरेको उनको भनाइ छ ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने जनाएको छ ।

कफ्र्यूका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।

वीरगञ्जमा हिजो भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया