३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

केन्द्रीय समिति विस्तार भएको ३ महिनापछि तरुण दलको सपथ

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका केन्द्रीय सदस्यले मनोनित भएको तिन महिना पछि सपथ लिएका छन् ।

असार १३ गते केन्द्रीय समितिलाई विस्तार गरिएको थियो । विस्तारित केन्द्रीय समितिका सदस्यले आइतबार सपथ लिएका हुन् । कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सपथ कार्यक्रममा सभापति शेरबहादुर देउवा भने उपस्थित भएनन् ।

सभापति देउवा स्वास्थ्य समस्याका कारणले उपस्थित हुन नसकेको बताइएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङले मनोनित सदस्यलाई सपथ गराएका हुन् ।

सभापति शेर बहादुर देउवाले असारमा ४०१ को तरुण दलको केन्द्रीय समिति बनाएका थिए । २०७८ चैत ९ मा गुरुङ अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्