News and Updates

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनमा पाककला एवं नेपाली पाककलाको अन्तर्राष्ट्रियकरण प्रवद्र्धन र विश्वस्तरमा नेपाली सेफहरूको भूमिका विषयक बिचार गोष्ठी साथै उत्कृष्ट प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार काठमाडौंमा नयाँ बर्ष २०८२ दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको साथै विश्वस्तरमा नेपाली सेफहरूको भूमिका विषयक बिचार गोष्ठी र उत्कृष्ट प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपाली खानालाई विश्वबजारमा लगेर बजारीकरण गर्न सेफहरुको ठूलो भूमिका रहने बताएका छन् ।
उनले भने, ‘खाना बनाउदा सकारात्मक भावनाका साथ बनाइयो भने त्यो स्वादिलो हुन्छ भन्ने आयुर्वेदिक मान्यता पनि हो । सेफहरुले पाककलाद्वारा देशलाई छुट्टै पहिचान दिई पर्यटन प्रवद्र्धनमा सघाउन सक्नु हुन्छ । नेपाली खानाको महत्व बुझाएर, बाहिर देशमा नेपालको मान बढाउन सफल हुनु हुन्छ भन्ने आशा गरेको छु । नेपाली खानालाई विश्वबजारमा लगेर बजारीकरण गर्न सकिन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया