Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

News and Updates
8 घण्टा अघि

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र दुई जना सांसदलाई सिंहदरबारभित्र बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए ।

सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले पुष्टि गरे ।

वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका थिए ।
साथै तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया