News and Updates
10 घण्टा अघि

जुम्ला, ९ वैशाख । तिला गाउँपालिकाले विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकी र वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोलीले बिरामीको जाँच गर्ने तिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हर्क रावतले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरबाट लाभ लिन उनले आग्रह गरे ।
‘जनतासँग अध्यक्ष–उपाध्यक्ष चिकित्सक कार्यक्रम’अन्तर्गत घोडेमहादेव स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । गत फागुन १४ गते स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा समेत क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन शिविर सञ्चालन गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया