Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

News and Updates
11 घण्टा अघि

कास्की, १० वैशाख । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।

 

 

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो । “अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ ”, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

 

 

“सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौैँ”, सुवेदीले भने । निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित रु ४८ करोडमा सडक निर्माणको सम्झौता भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया