Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आर्सनल रोकिँदा लिभरपुल उपाधिको नजिक

News and Updates
2 दिन अघि

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ ।

 

घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ ।

 

इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो । तर अब लिभरपुलले आइतबार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ ।

 

प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन ।‌ यद्दपी टोलीले जुझारु प्रदर्शन गर्यो । आर्सनलले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।

 

तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिएपनि एबेरेचि एजेले २७ औं‌ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

 

त्यसपछि ४२ औं मिनेटमा लेयाण्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

 

८३ औं मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन–फिलिप माटेटाले बराबरी गोल गरे। आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल‌ पाए त्यसमा गन‌ मौका चुकाएनन् ।

 

यो बराबरीपछि ६७ अंकमा रहेको आर्सनल लिभरपुल १२ अंक पछाडि छ । प्यालेस भने १२औँ स्था

फेसबुकबाट तपाईको प्रतिक्रिया