Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कम्युनिष्टहरुले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव

News and Updates
7 घण्टा अघि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको बताएका छन् ।

 

 

विहीबार पुस्तक ‘विचार विश्लेषण’को लोकार्पण कार्यक्रममा उनले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम सँधै नकरात्मक नै आएको भन्दै कम्युनिष्टहरुमा विचलन आएको बताए ।

 

 

उनले भने, ‘परिणाम नकरात्मक नै आइरहेको छ । परिणाम जनताले चाहेको जस्तो आएको छैन् । कम्युनिष्टलाई गरेको आशा, भरोसा अनुसार परिणाम आएको छैन् । सरकारमा जाने कम्युनिष्टहरुको पनि विचलन नै देखिरहेको छ । वर्ग, लिङ्ग, सामाजिक दुष्टिकोण सबैमा विचलन देखिएको छ ।’

 

 

यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए ।

 

 

उनले भने, ‘नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार हामी माओवादी नै हौं । किनभने जनताले हामीलाई बन्दुकको लडाइमा पनि साथ दिए । अहिले पनि साथ दिएकै छन् । जनताले माओवादीलाई जस्तो उर्जा दिएको थियो त्यो पचेन । हामीले त्यसको सहि सदुपयोग गर्न सकेनौ । नराम्रो खालको संस्कृती देखापर्यो ।’

 

 

पुँजीवाद हावी भएको बेला पन्छिने होइन, जनताको साथमा उभिएर अगाडि बढ्नुपर्ने ठाँउमा पनि कम्युनिष्टको भूमिका नदेखिएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया