News and Updates

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् ।
सङ्घको गएराति यहाँ सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्माचार्य देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको पूर्वअध्यक्षसमेत छन् ।
यस्तै, सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र अर्जुन रानाभाट, खुला उपाध्यक्षमा सुरेश हमाल, सानुकाजी प्रजापति, नन्दलाल श्रेष्ठ, कान्छाराम बल, शरद् अधिकारी र महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, उपाध्यक्षहरूमा राजेन्द्र रिजाल कोशी, मनोज चौधरी मधेस, सुवन गिरी बागमती, गोकर्ण कार्की गण्डकी, मनप्रसाद आचार्य लुम्बिनी, विष्णुबहादुर खड्का कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उपेन्द्र विष्ट निर्वाचित भएका छन् ।
सङ्घको महासचिवमा केदारनाथ पौडेल, उपमहासचिवमा रजन रोक्का, सचिवममा रवि रिमाल, किरण खड्का, राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया र सहकोषाध्यक्षमा टेकराज जोशी चयन भएका छन् ।
विसं २०७२ मा स्थापना भएको सङ्घको वैशाख १० र ११ गते सञ्चालित महाधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधिको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया