Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

News and Updates
8 घण्टा अघि

काठमाडौँ, १५ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

 

 

 

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुग्नुभएका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

 

 

भेटका क्रममा उनीहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

 

 

 

सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पु¥याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।

 

 

 

भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया