Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आजको मौसम ः कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

News and Updates
12 घण्टा अघि

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

 

जसका, कारण हाल सुदूर पश्चिम प्रदेशमा आंशिक र बाँकी भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।

 

महाशाखाका अनुसार, आज दिउसो भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकीलगायत अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि

 

मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

 

यस्तो खालको मौसम राति पनि जारी रहने महाशाखाले जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया