News and Updates

ग्यास्ट्रिकको असर कम गर्न खानपिनमा ध्यान दिने, पानी निरन्तर पिउने गर्नुपर्छ । एकैपटक धेरै पानी पिएर पनि हुँदैन् । तर समय समयमा पिइरहनुपर्छ । किनभने त्यसले एसिडलाई पुस गर्न सक्छ । हरियो सागसब्जी एवम फलफुलहरु खाने गर्नुपर्छ र पेट धेरै समय खाली राख्नु हुँदैन् ।
डा.सिताराम चौधरी
पेट तथा पाचन प्रणाली विशेषज्ञ
मानिसलाई विभिन्न किसिमका रोगहरुको देखा पर्छन् । शरीरको कुन अंगमा कस्तो समस्या देखिएको हो सोही अनुसारको समस्याहरु देखिने गर्छ । छाती सम्बन्धि समस्या छ भने श्वासको समस्या देखिन्छ । मुटुको छ भने मुटु दुखाइ होला । ब्रेनको छ भने बेहोस हुने समस्याहरु देखिएला । फोक्सोको समस्या देखियो भने घ्यारघ्यार होला । त्यसैगरी पेटको समस्या भन्दा पेटको भित्र अंगहरुमा समस्या देखिन्छन् । पेटमा पनि लिभर जण्डीसदेखि लिभर क्यान्सरसम्म हुने जटिलताहरु देखिन्छन् । सोही अनुसारको इन्फेक्सन हुने वा घाउहरु हुने गर्छ ।
हामीले सेवन गर्ने खानेकुरा कसरी प्रवाह हुन्छ भन्ने कुराले विशेष अर्थ राख्छ । खाना हाम्रो छातीको भित्रबाट खाना नली अर्थात भोजन नलीबाट पेटसम्म पुग्छ । पेट भनेको एउटा ब्याग हो । त्यसमा खाना डाइजेस्ट हुन्छ । त्यहाँ केही गडबढ भयो भने ग्याष्ट्रिक हुन्छ । त्यो हुने भनेको खानाको नली र पेटको समस्याले हुने हो । त्यहाँ पोल्ने एसिड बढी भयो भनेपनि समस्या आउँछ । एसिड नभए खाना पच्दैन् । तर त्यही एसिडले बिरामीलाई नोक्सान गर्न थाल्यो भने त्यसलाई ग्यास्ट्रिक भनिन्छ ।
खाना त डाइजेस्ट भएर तल आन्द्रामा जानुपर्ने हो, ठूलो आन्द्रामा जानुपर्ने हो । तर माथि खाना नलीमा उल्टो ढंगले माथिमाथि आउन खोज्ने र अनि पोल्छ । घाउ हुन सक्छ । खाना नली क्यान्सर हुन सक्छ । यो सबै ग्यास्ट्रिकले गर्दा हुन्छ । विरामीले यस्ता कुराहरु बुझ्दैनन् । यो खाना नलीको हो कि पेट दुखाइको हो भन्ने थाहा नपाउन सक्छन् ।
आन्द्राहरुको हो की लिभरको हो कि त्यसमा क्यान्सर भएर यस्तो भएको हो भन्ने कुरा ठम्याउन विरामीलाई गार्हो हुन्छ । धेरै घाउ नै घाउ भएर अल्सर भएको पनि हुनसक्छ । त्यसैले यसका विभिन्न समस्याहरु देखिन सक्छ । टिभी पनि हुन सक्छ । यि सबै कुरालाई विरामीले ग्यास्ट्रिक नै भन्छन् । उहाँहरुको बुझाइमा पेटमा भएको कुनैपनि दुखाइलाई ग्यास्ट्रिक नै हो भन्ने लाग्छ ।
त्यसैले विभिन्न जाँचहरु गर्नुपर्छ । भिडियो एक्सरे, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, रगतको जाँचहरु गरेर रोग छुट्याउनुपर्ने हुन्छ । ति रोगहरु खाना नलीको हो कि, सानो आन्द्रा ठूलो आन्द्रा, खाना नपच्ने, डाइरिया आदी के हो पत्ता लगाउनुपर्छ । अर्थात दिसामा रगत मिसिएर आयो भने त्यो कस्तो समस्या हो पत्ता लगाउनुपर्छ । कुन अंगको के रोग हो । जाँचेर त्यसलाई हामीले छुट्याउनुपर्छ ।
ग्यास्ट्रिकमा हुनुको पछाडि खानपिनको असर पक्कै पनि हो ।
तर यो विराम धेरै तरिकाले हुनसक्छ र धेरैतिर असर पनि गर्छ । मस्तिष्कको रोग हुन सक्छ । कसैको मुटुमा समस्याहरु देखिन सक्छ । कसैले क्यान्सरको जिन लिएर आएको हुन्छ । तर यो ग्यास्ट्रिकको विश्वभर नै छ ।
यि कुराहरु मैंले अष्ट्रेलियाको विश्वविद्यालयमा पढेर थाहा पाएको हुँ । सरकारले नै छात्रवृत्ति दिएर पठाएकाले म माथि सरकारको पनि ठूलो लगानी छ । त्यसैले पनि देशको लागि केही गरौं भन्ने लागिरहन्छ । ग्यास्ट्रिकको समस्या सबै ठाउँमा भएपनि नेपालमा केही बढी नै छ ।
खानपानको कुरा गरिरहँदा नेपालमा रक्सी सेवनबाट हुने असरका बारेमा नेपालीहरु सजक छैनन् । अनियन्त्रित रक्सी सेवन गर्ने चलन छ हामीकहाँ । रक्सी त अरु देशमा पनि खान्छन् तर उनीहरुको सजक छन् । रक्सीले असर गर्न थाल्यो भने, लिभर वा रगतमा असर देखिन थाल्यो भने कतिपयले रक्सी सेवा छाडिदिन्छन् । तर नेपालमा रक्सी नछाड्ने चलन छ । ग्यास्ट्रिकमात्र भनेर रक्सी सेवन गरिरहने तर लिभर फेल भइसकेको ख्याल नगर्ने चलन छ । त्यसपछि मान्छे बेहोस हुने, बान्ता भएर रगत निकाल्न थाल्ने भएकाले त्यो खतरा हुन थाल्छ ।
त्यस्तै हामी स्पाइसी खानेकुरा धेरै खान्छौं । त्यसले रोगी त बनाउने नै भयो ग्यास्ट्रिकपनि असर देखाउन थाल्छ । अर्को कुरा भनेको पानीमा हाइजिन जियाडियाको इन्फेक्सन धेरै हुन्छ । धेरै पटक जियाडिया हुने भएकाले इन्फेक्सन देखिन्छ । दुखाइ बढी हुन्छ र ग्यास्ट्रिक बढ्छ । हामीले त्यसमा ध्यान दिँदैनौं । जियाडियाको उपचार गर्यो भने तुरुन्तै ठिक हुन्छ तर त्यो हुँदैन् ।
आमा दुध अमृत हो नि । तर त्यही दुध खाएर खाना नलीमा एसिड माथि फर्किएको मान्छेले दुध खाँदा छटपटिंदो रहेछ । त्यसैले त्यस्तो व्यक्तिले खान हुँदैन् । तर यस्तो होइन कि दुध कुनै विरामीले खान हुँदैन् । त्यसैले नेपालमा खानपिनले पनि फरक पार्ने गरेको छ । तर मोटामोटी विश्वभर जे छ ग्याष्ट्रिकको रोग हाम्रोमा पनि त्यस्तै नै छ ।
ग्यास्ट्रिक नहुने कोही नेपाली छैन् भन्ने उखान नै छ । ग्यास्ट्रिक भएर अल्सर भयो मानौं रगत निस्कियो या आन्द्रा फुट्यो, आन्द्रा ब्लक भयो या ठूलो आन्द्रा फुल्यो भने त्यो खतरा हुन्छ । उमेर समूह अनुसार फरक पार्छ । दिसामा रगत मिसिने समस्या बच्चाहरुमा धेरै देखिन्छ । उमेर अनुसार १५–२५ समूहमा धेरै हुन्छ । त्यसपछि फेरी ६०–७० को उमेर ग्ु्रपमा हुन्छ । लिभर क्यान्सर, पीत्त थैलीको क्यान्सर प्राय कम उमेरमा हुँदैन् । ६०–८० को उमेरमा हुन्छ । तर पछिल्लो समय २०–२५ बर्षको उमेरमा क्यान्सरहरु देख्न चाँही थालेको छौं । सायद त्यो खानपिनकै कारणले होला ।
चिल्लो कम खाने गर्नुपर्छ । हामीले खाने भात दाल तरकारी धेरै राम्रो छ । विस्तारै मःम मनपर्ने खाना हुन थाल्यो । कहिलेकाहीं मःम खायो, सँगसँगै भात दाल तरकारी खायो भने राम्रो हुन्छ । तर चिल्लोचाप्लो मासु खायो भने आन्द्रामा असर पर्दै जान्छ । बुढो उमेरमा क्यान्सर हुने, बच्चाहरुमा जियाडिया इन्फेक्सनहरु बढि हुने गर्छ । यसरी उमेर अनुसार फरक छ ।
ग्यास्ट्रिक हुनै नदिन वा लिभरमा हेपटाइटिस्ट ‘बि’,‘सि’, भाइरस जण्डिस हुनबाट रोक्नपर्छ । ग्यास्ट्रिकको असर कम गर्न खानपिनमा ध्यान दिने, पानी निरन्तर पिउने गर्नुपर्छ । एकैपटक धेरै पानी पिएर पनि हुँदैन् । तर समय समयमा पिइरहनुपर्छ र त्यसले एसिडलाई पुस गर्न सक्छ । हरियो सागसब्जी एवम फलफुलहरु खाने गर्नुपर्छ र पेट धेरै समय खाली राख्नु हुँदैन् ।
ग्यास्ट्रिकले आन्द्राहरुमा घाउ हुने, आन्द्राभूडिबाट बाहिर निस्केर पित्तनलीलाई बिगार्ने काम गर्छ । लिभरलाई विगार्न थाल्छ । आँखालाई बिगार्न थाल्छ । त्यसले हाम्रो छालालाई बिगार्न थाल्छ । हाम्रो जोइन्टहरुलाई बिगार्न थाल्छ । सिस्टेमिक इफेक्ट देखिन्छ । क्यान्सर भयो भने अन्त फैलिएर जान सक्छ । लिभरमा फैलिएर आउँछ अरु अंगमा पनि फैलिएर जान सक्छ । लिभर नै फेल भयो भने किड्नी बिग्रन थाल्छ । मस्तिस्कमा असर पर्छ ।
बेहोस हुने समस्याहरु देखिन थाल्छ । मस्तिस्कमा, मुटुमा पनि असर हुन थाल्छ । फोक्सोमा असर पर्छ र अक्सिजन दिन अप्ठ्यारो हुन सक्छ । मुटुको शक्ति कमजोर हुन थाल्छ । मसल्सहरु कमजोर हुन सक्छ । पेटमा पानी जम्मा हुन सक्छ । यसरी पेटको विरामी पेटमा नै बस्दैन । पूरै शरीरमा असर गर्न सक्छ ।
उपचारमा औषधी सेवन गर्नुपर्छ । एसिड घटाउने एन्टाएसिडहरु छन् । ब्याक्टेरियाका रुपमा अल्सर ब्याक्टेरिया, हेलिकोब्याक्टर, पाइलोरी ब्याक्टेरिया मार्ने एन्टिबायोटिकहरु पाइन्छ । एमासोक्लिसलिनहरु छ, प्रोटोन पोम्प एनिभिटरहरु छ, अरु किन्डाजोरहरु छ । त्यो औषधि दुई हप्ता सेवन गर्यो भने धेरै सहज हुन्छ । ब्याक्टेरिया मरेपछि अल्सर नै हँुदैन र ठुलो ठुलो अपरेसन नै रोकिन्छ । एउटा उपचार पद्धति त्यो पनि हो । अर्काे लिभरको हेपटाइटिस् ‘बि’ को राम्रो उपचार हुने गरेको छ ।
हेपटाइटिस् बि को कारण लिभर बिग्रियो उपचार गरेन भने मृत्यु हुन्छ । तर ट्याब्लेटले पुरै ठिक नहोला तर कन्ट्रोल हुन्छ । अहिले हेपटाइटिस् ‘सि’ भन्ने भाइरस छ त्यसको औषधि ३ महिनादेखि ६ महिना सेवन गर्दा पुरै निको हुन्छ ।
अनइन्टाफेलिमिटि सलाइमिनहरु छन् तिनीहरुले पनि कन्ट्रोल गर्छन । अझै भएन भने इन्फ्याक्सिमालगायत धेरै ड्रगहरु छन् । पहिले अपरेसनबाट मात्र हुन्थ्यो अहिले ट्रिटमेनबाटै हुन्छ । अर्को मेसिनको प्रविधि छ खाना नलीमा राखेर रगत बगिरहेको बन्द गर्न सकिन्छ ।
पुरै छाती चिर्ने र पेट चिर्न जरुरी छैन । सिधै मेसिनबाट फिट गर्न सकिन्छ । क्यान्सर तिब्र गतिमा फैलिएको छैन भने निकाल्न सकिन्छ । खाना अडकिएको छ भने पहिले चिर्नुपथ्र्यो अहिले इन्डोस्कोपिबाट मसल काटेर गरिन्छ ।
एड्भान्स रुपमा एआरसी मेसिनमार्फत पनि उपचार गर्न सकिन्छ । अष्टे«लियामा ०९१/९२ मै लिभर ट्रासप्लाट हुन्थ्यो । तर नेपालमा यस्तो सिस्टमको विकास होलाजस्तो लागेको थिएन् । तर अहिले ११ जनाको खतम भइसकेको लिभर झिकेर आफन्तले आधा लिभर दिएकाले फिट छन् । लिने पनि फिट छन्, दिने पनि फिट छन् ।
टिभी रोग पनि समयमै पहिचान गर्यो भने ६ महिनादेखि एक वर्षसम्म औषधि सेवन गरे ठिक हुन्छ । रोग पहिचान गर्नपनि मेसिन, ट्याब्लेट, इन्जेक्सन, अपरेसनबाट गर्न सकिन्छ ।
खाना कन्ट्रोल गर्न सकिदैन तर अल्कोहलबाट बच्नुपर्छ । अल्कोहल हाम्रो शत्रु हो । फास्टफुड, मसालेदार खानाले पनि असर गर्छ । खानेकुरामा हाम्रो परम्परा दाल, भात, तरकारीलाई प्रयोग गर्नुपर्छ । फास्टफुड प्रयोग गर्नैपरे नियमित नहोस् भन्नेका सचेत हुनुपर्छ ।
ग्याष्टिक भनेको एकसय प्रतिशत पूरै ठिक हुँदैन । तर ठूला रोगहरु मिस गर्नु भएन । क्यानसहरु, अल्सरहरु, कोजडिजिड मिस गर्नु भएन । त्यसपछि पोल्ने, दुख्ने भएपछि बिरामीलाई सचेत गराइ बुझाउनुपर्छ । पोल्यो, दुख्यो धेरै भयो भने ट्याबलेट एसिड घटाउने गर्नुपर्छ । पानी पिएर मिलाउन सकिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया