Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

News and Updates
10 घण्टा अघि

काठमाडौँ, १६ वैशाख । प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ ।

 

 

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो ।

 

 

 

त्यसअघि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटि सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए । उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

 

 

 

 

सांसदहरु पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनका आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते शुक्रबार ५ः०० बजे बस्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया