४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

१ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् ।

बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।

संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले विश्वासको मत मागे । ‌

सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्‍याउनका लागि काम गर्ने बताए ।

विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।

६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्