Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पाल्पा जीप दुर्घटनाका ६ जना मृतकको पहिचान खुल्यो

रातो कागज
1 वर्ष अघि

६ कात्तिक, पाल्पा । रानीमहल नजिकै भएको जीप दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ ।

आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका-२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।

घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल खोचमा खसेको छ ।

दुर्घटना कारण भने खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया