३ आश्विन २०८१, बिहीबार
अर्थ बैंक–वित्त समाज

१२ दिनमा सुनको मूल्य ५१०० रुपैयाँले बढ्याे

१२ कात्तिक,काठमाडौं । आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ । कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

कात्तिक एक गतेदेखि सुनको मूल्य बढिरहेको छ । ३० असोजमा प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।

एक कात्तिकमा सुनको मूल्य तोलामा १३ सयले बढेर एक लाख १३ हजार २ सय रुपैयाँ पुगेको थियो ।

कात्तिक २ मा पुनः ५०० रुपैयाँले बढेर सुनको मूल्य एक लाख १३ हजार ७ सय रुपैयाँ पुगेपछि यस वर्ष सुनको मूल्यले गत साउनको उच्च बिन्दु प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँको रेकर्ड तोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्