९ मंसिर २०८१, आईतवार
समाज

बल्खु तरकारी बजारमा पस्यो बाढी

२३ साउन, काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।

समाज

काठमाडौंको सामाखुसी क्षेत्र जलमग्न, घरका सामान सारियो

  • २३ श्रावण २०८०, मंगलवार ११:१८
  • 0 Comments

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भएको भारी वर्षाले सामाखुसी क्षेत्र डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सारेका छन् । काठमाडौं उपत्यकाका रातभर […]

प्रदेस समाचार लुम्बिनी समाज

तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

  • ९ श्रावण २०८०, मंगलवार ११:३५
  • 0 Comments

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो । तिनाउमा नदीको सतह बढेकाले […]

समाज

सामाखुशीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

  • ७ श्रावण २०८०, आईतवार १४:५४
  • 0 Comments

७ साउन, काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए । विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो । उनलाई बगाएको खबर […]

अन्तराष्ट्रिय

भारतमा बाढीको बितण्डा : ४५ वर्षपछि यमुनाको बाढी ताजमहल पस्यो, हिमाञ्चलमा भारी वर्षाको चेतावनी

  • १ श्रावण २०८०, सोमबार ०५:१३
  • 0 Comments

१ साउन, काठमाडौं । उत्तर भारतमा लगातारको वर्षाले यमुना नदीमा आएको बाढीका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । उत्तरी भारतको पहाडी क्षेत्रमा पुन: भीषण वर्षा हुने पुर्वानुमान गरिएको छ । आगरामा यमुना नदीले आइतबार बिहान खतराको स्तर (२०५.३३ मिटर) पार गरेको छ भने ४५ वर्षपछि यमुनाको बाढी ताजमहलको पर्खालसम्म पुगेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएको छ […]

समाज

सुनसरीमा बाढीले प्रहरी चौकी डुब्यो, सिंघियाका कारण ३ परिवार विस्थापित

  • २९ असार २०८०, शुक्रबार ०६:०६
  • 0 Comments

२९ असार, विराटनगर । अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ-ठाउँमा बाढीका कारण डुवान भएको छ । सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ । भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकी डुबानमा परेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले डुबान भएपछि प्रहरीले प्रहरी […]

समाज

गण्डकी र लुम्बिनीमा भारी वर्षा, तिनाउको बाढीले खतराको तह पार गर्‍यो

  • १९ असार २०८०, मंगलवार ०३:१८
  • 0 Comments

१९ असार, काठमाडौं। मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ। उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो […]

समाज

हेवाखोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध

  • १३ असार २०८०, बुधबार ०३:३४
  • 0 Comments

१३ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

बैंक–वित्त

देशभर यी क्षेत्रहरूमा छ बाढीको जोखिम, सतर्क रहन आग्रह

  • ११ असार २०८०, सोमबार ०४:५३
  • 0 Comments

११ असार, काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेका छन्। वर्षाका कारण सानाठूला नदीहरूमा पानीको बहाब बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा मौसम विज्ञ शान्ति कँडेलका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव […]

समाज

हेवाखोला तर्न तुइन र फड्केको सहारा

  • १० असार २०८०, आईतवार ०३:३०
  • 0 Comments

१० असार, पाँचथर।  ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो। टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो । ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो’, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]